सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले बताए ।

ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष लिकालेको उनले बताए ।

उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ । हामीले निर्देशन दिएका छौं । थप निर्णय अब संसदीय दलको बैठकले गर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *