काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानले हर्मुज जलमार्ग बन्द गरेमा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा इरान, अमेरिका र इजरायलको युद्धका बारेमा जानकारी दिँदै हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा सबैको पहल रहेको बताइन् ।
मन्त्री राणाले ८० प्रतिशत इन्धन हर्मुजबाट आउने भएकाले यसको असर भारत र चीनमा पनि पर्ने बताइन् ।
चीनले समेत हर्मुज बन्द नहोस् भन्नेमा पहल गरिरहेको भन्दै राणाले कच्चा तेलको भाउ बढ्दा नेपालमा सबै सामानको मूल्यवृद्धि हुने चिन्ता व्यक्त गरिन् ।
मन्त्री राणाले भनिन्–इराले स्टेट अफ हर्मुज बन्द गरेमा ८० प्रतिशत तेल त्यहि मार्गबाट आउने रहेछ । हामी भारतबाट प्रशोधित तेल लिनुपर्ने भएकाले त्यसको प्रभाव त पर्छ नै । यदि हर्मुज बन्द भएमा तेलको भाउ बढ्ने र सबै चिजको भाउ बढ्नेछ भन्ने चिन्ता छ । तर अहिले नै त्यो अवस्था आइसकेको छैन ।
मन्त्री राणाले यसपटक अमेरिकाले इरानमाथिको आक्रमण मध्यपूर्वमा रहेका आर्मी बेसबाट नगरी सिधै गरेका कारण यो युद्ध नफैलिने आशा रहेको बताइन् ।

Leave a Reply