काठमाडौं । रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करी गर्नेहरूलाई जोगाउन सरकार नै लागिपरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यकै संरक्षणमा विगतदेखि नै मानव तस्करी भइरहेको बताए।
उनले भने, ‘संलग्नहरूलाई कारबाहीको सट्टा राज्यले बचाउन खोजिरहेको छ। यस्तो गम्भीर विषयमा पनि प्रमुख दुई ठुला दलको सरकार किन मौन छ ? यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ? कि यो तपाईँहरूको लाचारीपनको सङ्केत हो।’
उनले आफूहरू कुनै दल वा नेताको विरोधमा नभई जनताको पक्षमा बोलेको बताए। उनले नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउन खोजिएको भन्दै उच्चस्तरीय वा संसदीय छानबिन समिति नबनाई आफूहरूले आन्दोलन नछाड्ने अडान सुनाए।
उनले गृहमन्त्रीले विगतमा आफैँले भन्दै आएको नैतिकता नदेखाएको टिप्पणी गरे। उनले सङ्ख्याको बल सत्ता टिकाउन सफल भए पनि जनताको आवाजलाई दबाउन खोजे आफूहरू चुप नबस्ने बताए।

Leave a Reply