बाँके । बाँकेको नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन माविले नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको उपाधि हासिल गरेको छ ।
नेपाल पुलिस क्लबको सभाहल काठमाडौंमा भएको एक समारोहकाबीच ज्ञानोदय विद्या निकेतन माविलाई पुरस्कृत गरिएको थियो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ज्ञानोदय विद्या निकेतनका सिइओ गणेश भण्डारीलाई सम्मान पत्र दिएर सम्मान गरेका हुन् ।
फोकस नेपालको आयोजनामा असार ७ गते काठमाडौंमा भएको कार्यक्रममा देशभरका विभिन्न विधामा उत्कृष्ट कलेजलाई सम्मानित गरिएको थियो ।
नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन माविले कक्षा ११ मा विज्ञान, मानविकी, कानुन र व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।
विभिन्न सम्मान प्राप्त गरेको यो विद्यालय नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो ।

Leave a Reply