नेपाल-चीन सम्बन्धको ७० वर्ष : काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह

काठमाडौं । नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह सुरू भएको छ ।

तिब्बत मिडिया ग्रुपद्वारा आयोजित सप्ताहको राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतकि संघका उपाध्यक्ष लो च्युनले संयुक्तरूपमा उद्घाटन गरे ।

याक एण्ड यति होटलमा जारी कार्यक्रमको उद्घाटन समारोहमा तिब्बती पहिचान झल्किने सांस्कृतिक प्रस्तुतिहरू कलाकारहरूले प्रदर्शन गरेका थिए । सँगै सिजाङको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, भेषभूषा पूर्वाधार निर्माण सम्बन्धित तस्बिर प्रदर्शनमा राखिएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन कार्यक्रम कोसेढुंगा सावित हुने विश्वास जनाइन् ।

राजदूत सोङले चीन जनताको आकांक्षाअनुरूप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिए ।

सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झांगिदै गएको बताए ।

उनले दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्ध विस्तारमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *