एमाले नेता खनाल होटल व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सर्वसम्मत

रूपन्देही । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा नेकपा एमाले नेता माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् ।  खनाल एमाले बुटवल उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।

बुटवलमा शनिबार भएको संघको २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् ।

नयाँ नेतृत्वको लागि सबै दल निकट व्यवसायीहरूले सहमति गरेपछि सर्वसम्मत नेतृत्व छानिएको निर्वाचन समितिका सदस्य स्वस्तिक श्रेष्ठले जनाए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अधिवेशन उद्‌घाटन गर्दै बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरले काम गरिरहेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *