सुरेश रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग

काठमाडौं । चैत्र १५ मा राजावादी आन्दोलनको क्रममा मृत्यु भएको पत्रकार सुरेश रजकको परिवारलाई रास्वपाले सहयोग गरेको छ।
रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ३ लाख सहयोग गरेको प्रवक्ता मनिष झाले बताए।

साथै आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको बताए।

चेक हस्ताक्षर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेलले स्व पत्रकार रजकको घरमा पुगेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *