दाउन्नेमा सडक चिप्लो भएपछि ठूला र भारी सवारी संचालनमा रोक

रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठूला र भारी सवारी संचालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।

निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक बर्षाले बारम्बार बगाइरहेकोले नयाँ पुल सन्चालनमा नआउँदासम्म मालबाहक सवारी संचालनमा रोक लगाइएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ । आयोजनाले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाइएको छ । बैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *