स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि, रनरेटले पछि पर्‍यो नेपाल

काठमाडौं । नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ ।

लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो । नेपाल र नेदरल्यान्डससँग समान ४ अंक भएको स्कटल्याण्डले रनरेटमा पछि पार्दै उपाधि जितेको हो ।

स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा १५९ रनमा समेटियो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

दीपेन्द्रसिंह ऐरी ३४, कप्तान रोहित पौडेल २७, ओपनर कुशल भुर्तेल ४, आसिफ शेख १४, भीम सार्की १२, रिजन ढकाल ५, सन्दीप लामिछाने ० र आरिफ शेख ४ रनमा आउट भए । बलिङमा स्कटल्याण्डका क्रिस ग्रीव्सले ३ र सफायान सरिफले २ विकेट लिए ।

त्यसअघि नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।
बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एकएक विकेट लिए ।

४ अंक रहेको स्कटल्याण्ड ०.६७२ रनरेटसहित शीर्ष स्थानमा रहदै उपाधि जित्यो । समान ४ अंक रहेको नेपालको रनरेट माइनस ०.२९१ र नेदरल्यान्डसको माइनस ०.३८५ छ। नेपाल र नेदरल्यान्डस क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

Comments

2 responses to “स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि, रनरेटले पछि पर्‍यो नेपाल”

  1. ksp pyl Avatar
    ksp pyl

    शुरूमा उचालिने तर अन्तिममा थचारिने त नेपालको नियति नै हो नि ।

  2. ksp pyl Avatar
    ksp pyl

    शुरूमा उचालिने तर अन्तिममा थचारिने त नेपालको नियति नै हो नि । सतीले सरापेको देश भन्छन् अब त कता कता हो कि जस्तो पो लाग्न थाल्यो । देशभरि स्वार्थ, द्वन्द, अहम्, कुण्ठा, निराशा चरम अवस्थामा देखिन्छ । कुनै काम नै हुदैन । पास भैसकेको निजामति विधेयक भ्रष्ट सचिवहरूले मन्त्री प्रधानमन्त्रीलाई प्रभाव पारेर रोक्छन् । कुनै काम राम्रोसँग हुदैन । जताततै वेथिति छ । भत्ता खाए पनि संसदमा सिन्को भाँच्ने काम हुदैन । अब नागरिकता विधेयक चाहिँ फास्ट ट्रयाकमा पारित हुन्छ हेर्दै जानू होला । पटक पटक कट अफ डेट राखेर लाखौ भारतीयलाई नागरिकता बाँडे । नागरिकता विधेयक पास भैहाल्छ अब । तर अख्तियार विधेयक, नागरिकता विधेयक अडकेको अडक्यै हुन्छ । अब त देशमा कोही पनि ठिक छैनन कि भन्ने लाग्न थालिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *