विप्लवको दौडधुप- झलनाथ, बाबुराम र मोहनविक्रमसँग गरे छलफल

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकैदिन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहसँग बेग्लाबेग्लै भेट गरेका छन् ।

भेटमा विप्लवसँग नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए । विप्लव समाजवादी मोर्चा नेपालका संयोजक पनि हुन् । नेकपासहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेसपा महेन्द्रराय यादव पक्ष सम्मिलित मोर्चा अहिले निष्क्रिय छ ।

मोर्चालाई फेरि सक्रिय बनाउनको लागि विप्लवले दौडधुप थालेका हुन् । नेता खनालसँग वर्तमान राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल भएको प्रवक्ता प्रकाण्डले बताए ।

बाबुरामसँग भने माओवादी आन्दोलन, नयाँ समाजवादी आन्दोलन निर्माण र वैकल्पिक नेतृत्व प्रदान गर्नेबारे छलफल भएको जनाएको छ ।

यस्तै, मोहन विक्रमसँग भने कम्युनिस्ट आन्दोलनमा देखिएका टुटफुट र विभाजनका श्रृंखलाबारे छलफल हुनुका साथै संयुक्त मोर्चा र सहकार्यबारे पनि छलफल भएको जनाइएको छ ।

विप्लवले पछिल्लो समय मोर्चालाई विस्तार गर्न विचार मिल्ने शक्तिहरूसँग छलफललाई जोड दिएका छन् । समाजवादी मोर्चालाई आगामी निर्वाचनसम्म एउटै पार्टी बनाएर जाने रणनीतिसहित फेरि मोर्चालाई सक्रिय बनाउन खोजिएको बताइन्छ ।

Comments

One response to “विप्लवको दौडधुप- झलनाथ, बाबुराम र मोहनविक्रमसँग गरे छलफल”

  1. राम चन्द्र Avatar
    राम चन्द्र

    जाजरकोटमा तरकारी खेती नगरेर के काे आन्दोलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *