काठमाडौं । नेपाल र नेदरल्यान्ड्सबीच हिजो भएको म्याचमा टिटायर्ड हर्ट भएका ब्याट्सम्यान आरिफ शेख घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी आज हुने स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा उपलब्ध छन् ।
हिजोको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका आरिफले २३ बलमा ३९ रनको विष्फोटक पारी खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तर, १९ औं ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिनुपर्यो । अर्को इन्डमा रहेका उपकप्तान दिपेन्द्रसिंह ऐरीको स्पिडमा विकेटको बीचमा दौडिँदा उनलाई सकस परेको थियो ।
अन्तिम ओभरमा जितका लागि ७ रन चाहिँदा आरिफ बाहिरिएपछि लोकश बम क्रिजमा आएका थिए, जसले दुई छक्का हान्दै नेपाललाई जिताए ।
क्यानका प्रवक्ता छुम्बी लामाले आरिफलाई सामान्य क्र्याम्प मात्रै भएको जानकारी दिए ।
‘उहाँलाई चोट लागेको छैन, क्रयाम्पमात्रै भएको हो । खेल्न सक्ने अवस्थामा नै हुनुहुन्छ भन्ने जानकारी पाएका छौं,’ लामाले भने ।

Leave a Reply