काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले असार १५ गते सम्म सदस्यता वितरण गरेर मात्रै अधिवेशन गर्न परिपत्र पठाएको छ।
अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आआफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएकाहरूलाई ध्यानमा राखेको भन्दै सदस्यता वितरणको समय थप गरेर परिपत्र पठाएका हुन्।
परिपत्रमा भनिएको छ, ‘दलको पाँचौँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउनुहोला। साथै जिल्ला कार्यसमितिहरूले नपुग आवश्यक सदस्यता फारमहरू दलको केन्द्रीय कार्यालयबाट बुझी लग्नुहोला।’
केन्द्रीय कार्यालयले नेपाली कांग्रेस पार्टी र पाँचौँ महाधिवेशन निर्देशन समितिसँग समन्वय गरी दलको पाँचौँ महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भएर देशै भरका सम्पूर्ण जिल्लाहरूमा अभियानको रूपमा लागिरहेको उल्लेख गरेको छ।


Leave a Reply