सदन बहिस्कारपछि रास्वपा- यहाँ हाम्रो स्थान रहेनछ, अब जनतामा जानुको विकल्प छैन (भिडिओ)

काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले सदनमा आज प्रधानमन्त्रीसमक्ष आफ्नो कुरा राख्न उठ्दा सभामुखले बोल्न नदिएको बताएकी छन्।

बैठक बहिस्कारपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको कुरा सरकारले नसुनेको बताइन्।

उनले भनिन्, ‘जनताको आवाज सुन्न थलो हो भन्ने, हामी आज जनताको आवाज राख्न उठेका थियौँ। तर, हाम्रो कुरा सुन्दै नसुन्ने हो भने सदनको औचित्य के हुन्छ ? हामीले हाम्रो आवाज सुन्नुपर्‍यो, यो कुरालाई समाधानमा पुर्याउनुपर्यो भनेर आफ्नो कुरा राख्दै आइरहेका छौँ। आज पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो, हामीले नचलाउनुस् भनेका होइनौँ, हाम्रो पनि प्रश्न थियो। हामीले भनेका कुरा उहाँलाई हामी प्रत्यक्ष कुरा राख्न चाहन्थ्यौँ। उहाँ जबाफदेही भएर सुन्नुभएन।’

सदनमा बसेर बेकारको समय खेर फाल्नुको साटो जनतामा जान उपयुक्त हुने निष्कर्षसहित आफूहरू बाहिरिएको बताइन्।

उनले थपिन्, ‘हामीलाई बोल्न समय दिइएन। पटक पटक बोलेर आफ्नो कुरा राख्दा पनि नसुनिएपछि हाम्रो स्थान रहेन रहेछ भनेर आज बहिस्कार गरेका हौँ। अब जनतामा जानुको के विकल्प भयो र ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *