काठमाडौंको निषेधाज्ञा हट्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो ।

प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।

प्रशासनले भनेको छ, ‘हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *