नेपालमा एमसीसीको निरन्तर कार्यान्वयनबारे अमेरिकाको नयाँ वक्तव्य

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई विद्यूतीकरण र पुर्वाधारमा दिएको एमसीसी परियोजनाका काम निरन्तर अघि बढाउने आशयको जानकारी गराएको छ ।

पछिल्लो समय रोकिएको भनिएको एमसीसीका कतिपय कार्यक्रम निश्चित उद्देश्य सुनिश्चित गर्नेगरी अघि बढाइएको अमेरिकाले जनाएको छ ।

डोनाल्ड ट्रम्प प्रशासनले अनुदानका कार्यक्रमहरू कटौति गर्ने क्रममा एमसीसी पनि यसबीचमा कतिपय कार्यक्रम स्थगनमा छन् । नेपालस्थित अमेरिकी दूतवासाले बुधवार विज्ञप्ति जारी गर्दै एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसीए-नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ ।

संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको समेत दूतावासले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *