काठमाडौं । गृह मन्त्रालयले सहसचिव सीडीओको दरबन्दी रहेका जिल्लामा खटाइएका उपसचिवलाई मन्त्रालय तानेको छ । बैतडी, डोटी, सल्यान, डडेल्धुरा र जुम्लामा सहसचिवको दरबन्दी रहेकोमा मन्त्रालयले उपसचिवलाई खटाएको थियो ।
जसमा बैतडीमा दिर्घराज उपाध्याय, डोटीमा मोहनराज जोशी, सल्यानमा सावित्रा पुन, डडेल्धुरामा चोमेन्द्र न्यौपाने र जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । न्यौपाने २०८१ भदौदेखि, शाही २०८१ असोजदेखि, जोशी र उपाध्याय २०८१ कात्तिक १२ देखि र पुन २०८१ पुस २८ देखि कार्यरत् थिए ।
नयाँ सरुवा सूचीअनुसार डडेल्धुरामा गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सल्यानमा मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिव नेत्रप्रसाद सुवेदीलाई, केदारनाथ शर्मालाई जुम्लामा, बुद्धबहादुर गुरुङलाई डोटीमा, गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई बैतडीको सीडीओ बनाएर पठाइएको छ ।
मन्त्रालयमा सहसचिव ‘बरण्डा’ मा राखेर उपसचिवलाई जिल्ला पठाएको विषयमा गृहमन्त्री रमेश लेखक आलोचित बन्दै आएका थिए । एक साताअघि नेपाल प्रेसले यससम्बन्धी समाचारसमेत प्रकाशन गरेको थियो ।

Leave a Reply