काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन्। यो सहमतिपछि हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् भएको बताए।
उनले भनेका छन्, ‘दुई बुँदे सहमतिपछि प्रचण्डको विगत छरसात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको छ। म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् नै भयो। आफैलाई हेर्दै मुस्कुराउँदै दङ्ग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो, फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी !’
माओवादी केन्द्रकै नेता/कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा नभई श्राद्ध गरिरहेका तर्क गरे।
उनले थपेका छन्, ‘अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन १ तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म, १७ को बहुमत ९ त आउला भनेर कामना गरौँ ।’
जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबरजस्तीको परिणाम अन्ततः सम्झौता गर्दासमेत प्रचण्डको जस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद् बैठकभित्र जारी पलेँटी कसेजस्तो त हुने बताए।
उनले रास्वपालाई भनेका छन्, ‘एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुईंमा निदाउनु पर्ने बोइलरहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर रु त्यसै रत्नपार्क, कलङ्की र पोखराको चिप्लेढुंगामा नारा जुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि !’

Leave a Reply