रास्वपा सांसद सोविता गौतम भन्छिन्- सरकारले कुनै वार्ता गर्न चाहेन, छानबिन समिति बनाए समाधान निस्किन्छ

काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले सरकारले आफूहरुको कुरा सुन्नै नचाहेको कारणले सदनमा आफूहरु वेल घेराउ र नाराबाजी गर्न बाध्य भएको बताएकी छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले वार्ताको लागि कुनै प्रयास नै नगरेको बताइन् ।

उनले भनिन्, ‘हामीले गृहमन्त्रीमाथि आक्षेपमात्रै लगाएका छैनौं । यति ठूलो विषय उठिसकेपछि विगतमा जस्तै फासफुस एउटा समिति बनाएर उम्किने कुरा हामीलाई स्वीकार्य हुँदैन । यो कुनै व्यक्ति र मन्त्रालयसँग सम्बन्धित विषय होइन ।’

उनले सरकारले छानबिन समिति बनाउने भनेर आएपछि धेरै कुरा सम्बोधन हुने बताइन् । टाइमलाइनसहित छानबिन समिति बनाउन सरकार तयार भए आफूहरु सहमत हुने सांसद गौतमले बताइन् ।

Comments

One response to “रास्वपा सांसद सोविता गौतम भन्छिन्- सरकारले कुनै वार्ता गर्न चाहेन, छानबिन समिति बनाए समाधान निस्किन्छ”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    ठिक गर्दै छ सरकारले भत्ता खाने काम नगर्ने । अनि नारा लगाएर तलब पचाउनेहरूलाइ सबैले खबरदारी गराैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *