काठमाडौं । गत शुक्रबारबाट युद्धमा रहेका पश्चिम एसियाका देश इजरायल र इरानमा नेपालीहरु भएको पाइएको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरुकाे डाटा सार्वजनिक गरेकाे छ।
परराष्ट्रले सार्वजनिक गरेकाे विवरण अनुसार इजरायलमा ५५०० नेपालीहरु छन् भने इरानमा १२ नेपाली छन् । मन्त्रालयले समस्यामा रहेका नेपालीहरुलाई आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
जसअनुसार इरानमा भएका नेपालीहरुले कतारको दोहामा रहेको राजदूतावासमा तथा इजरायलका नेपालीहरुलाई तेल अभिवमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
दोहामा नियोग उपप्रमुख कुमार राईलाई र तेल अभिवमा नियोग उपप्रमुख कुमार बहादुर श्रेष्ठलाई सम्पर्क गर्न मन्त्रालयले सूचित गरेको छ ।


Leave a Reply