काठमाडौं । अरुले विद्युतीय माध्यमबाट कुनै अपराध गरे प्रहरीले अनुसन्धान गर्छ । तर, प्रहरीकै विज्ञप्तिमाथि ‘विद्युतीय’ कारोबार भएको छ ।
साइबर क्राइम मुद्दामा खोटाङ, हलेसीतुवाचुङ नगरपालिका वडा नं। ६ स्थायी ठेगान भई हाल भक्तपुर बस्ने ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । विज्ञप्तिमार्फत साइबर क्राइम व्युरोले यो जानकारी दियो । तर, पीडकको फोटो सार्वजनिक गरेन ।
पीडकको फोटोबिना नै समाचार आए । तर, एकैछिनमा पक्राउ परेकी रमा बस्नेत भन्दै एउटा फोटोसहित व्यूरोको अर्को विज्ञप्ति सार्वजनिक भयो ।
प्रहरीले सामान्यतया पीडित वा पीडकको अनुहार खुल्ने फोटो प्रेषित गर्दैन । व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उक्त कार्यालयले रमाको फोटो अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, उनको भन्दै फोटो सार्वजनिक भएको छ । त्यो पनि व्यूरोको लेटरहेडमै ।
‘यो गैरकानुनी काम हो, जसले यो काम शुरु गरेको हो, त्यसलाई हामी पहिचान गर्ने प्रक्रियामा छौं , एसपी अवस्थीले भने । कुनै पनि घटनामा संलग्न व्यक्तिको पूरै अनुहार सार्वजनिक गर्ने अधिकार स्वयं प्रहरीसँग पनि छैन । प्रहरीकै लेटरहेड दुरुपयोग भएको यो घटनालाई गम्भीर रूपमा लिएको अवस्थीले बताए ।

Leave a Reply