काठमाडौं । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको जिकिर गरेका छ्न् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसविपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताए ।
सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए ।
झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको टिप्पणी गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरूले आन्दोलनलाई निरन्तरता दिएको उनको प्रष्टोक्ति थियो ।
भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्टरूपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको उनले बताए ।
झाले नियमावलीको विपरित कांग्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति जनाए ।

Leave a Reply