प्रतिपक्षको विरोधकै बाबजुद बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाराजुलुस गरिरहेको छ । रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरिरहे पनि बजेटबारे छलफल शुरु भएको छ ।

सासंदहरुले वेल घेराउ गरी नाराबाजी गरिरहँदा अर्थमन्त्रीले आफ्ना कुरा राखेपछि नेकपा समाजवादीका सांसद राजेन्द्र पाण्डेले बीचैमा रोक्नुपर्ने माग राखेका थिए ।

सभा चलाउने तरिका ठिक नभएको बताउँदै उनले भने, ‘महत्त्वपूर्ण कुरा सुनाइरहेको अवस्थामा प्रतिपक्षमा रहेका दलले अवरोधको अवस्थामा छ । नारावाजीको अवस्थामा छ । यस्तो अवस्थामा मन्त्रीले भनेको कुरा हामीले सुनिरहेका छैनौँ । अनि कसरी सभा चलाउने हो ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *