अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख, चुनौती भने कायमै : अर्थमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताएका छन् ।

आइतबार बसेको संसद्को बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यसो भनेका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेतापनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन । ती चुनौतीहरूलाई सम्बोधन गर्न बजेट मार्फत नीति तथा कार्यक्रमहरू घोषणा गरिएको छ ।’

बजेटमा सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

नेपालमा बसेर सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र सो कर अन्तिम हुने व्यवस्था समेत गरिएको पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *