चलचित्र ‘ऊनको स्वीटर’का सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापना गरेको छ । प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतले युट्युबमा करोड क्लबमा स्थान बनाएका छन् ।

साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट सािवत भएको छ । हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो ।

यो समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख (२१ मिलियन), ‘मखमली’ १ करोड ३० लाख (१३ मिलियन), ‘काफ्ले’ १ करोड ३० लाख (१३ मिलियन) र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन् ।

यस सफलताप्रति आर्टमान्डु परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘नेपाली चलचित्रले पाएको यो सफलता धेरै समयपछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरूप्रति कृतज्ञ छौँ ’

यस सफलताले आगामी दिन थप सकारात्मक दबाब र चुनौती थपेको आर्टमान्डुको भनाइ छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मेहनतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘ऊनको स्वीटर’ हाल नेपालभरका दर्जनौं हल तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा प्रदर्शन भइरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *