नारायणकाजी भन्छन्- २०८४ मा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ को चुनावमा पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।

पार्टीको दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए ।

उनले भने, ‘देशलाई संकटबाट मुक्त गर्न हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । २०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेठले कांग्रेस र एमालेलाई भ्रष्ट तत्त्वको संज्ञा दिए ।

उनले थपे, ‘भ्रष्टहरूलाई खबरदारी गर्न हामीले जनताकहाँ गएर अभियान चलाएका छौँ। हामीले जनतासँग बसेर खबरदार तिमीहरू सच्चिनू, होइन भने अर्को ठूलो जनआन्दोलनको सामना गर्न र त्यसको परिणाम भोग्न तयार रहनू भनेर चेतावनी पनि दिइरहेका छौँ ।’

Comments

One response to “नारायणकाजी भन्छन्- २०८४ मा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    अपराधीहरूलाई बेचैनी छ के ४ सिट जित्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *