माओवादी चुनावदेखि चुनावसम्म र प्रधानमन्त्री वा मन्त्री बन्नमात्रै होइन: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्नु नै पार्टीको आजको मुख्य कार्यभार रहेको बताएका छन् ।

पार्टीको दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले महत्त्वपूर्ण कार्यभार पूरा गर्नुपर्ने भएकाले चुनाव जित्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी, संगठन, सङ्घर्ष चुनावमा प्रतिस्पर्धा, संसद्मा उपस्थिति, पालिकामा उपस्थिति किन चाहियो ? हामीले हाम्रो कार्यभार पूरा गर्नुछ । पार्टीको लागि पार्टी होइन, सांसद हुन पार्टी वा चुनाव होइन । चुनावदेखि चुनावसम्मको लागि हाम्रो पार्टी होइन । सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्री हुनमात्रै हाम्रो पार्टी होइन ।’

सामाजिक न्यायसहितको समृद्धिको प्रक्रियालाई तीव्र बनाउनु नै आजको आवश्यकता रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले सामाजिक र आर्थिक क्षेत्रमा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भएको बेलामा मात्रै गुणात्मक रूपमा विकास भएको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *