प्रचण्डलाई प्रश्न- जनार्दन शर्मालाई पार्टी छाड भन्नुभएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी छाड नभनेको प्रष्टीकरण दिएका छन्।

विराटनगर पुगेका प्रचण्डले आफूले शर्माले पार्टी छाड भन्यो भनेर चलाइएको हल्लालाई बेकारको संज्ञा दिए।
जनार्दन शर्मालाई पार्टी छाड किन भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भनेकै छैन मैले त्यो बेकारको कुरा हो। पत्याउनुभयो भने त्यो गल्ती गर्नुभयो।’

प्रचण्डले प्रष्टीकरण दिएपछि माओवादीमा प्रचण्ड र शर्माको राम्रो सम्बन्ध नरहेको कुरा लुकेको छैन। यसअघि नै प्रचण्डलाई लिखित रूपमै नेतृत्व छाड्ने प्रस्ताव गरेका शर्माले आगामी महाधिवेशनसम्म पुग्दा चुनौती दिने रणनीतिमा छन्।

यस्तै प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन पाउने बताए। उनले भने, ‘उहाँहरू आउन चाहनुहुन्छ भने पाउनुहुन्छ, कानुन बनाउन जरुरी छैन। कुनै कानुन, संविधान विश्वको कुनै परम्पराले रोक्दैन।’

Comments

2 responses to “प्रचण्डलाई प्रश्न- जनार्दन शर्मालाई पार्टी छाड भन्नुभएको हो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    जनार्दनलाई एक पटक मात्र होईन तीन पटक भैसक्यो प्रचण्डले पार्टी छोड भनेको । उसलाई च्यालेन्ज त गर्नै भएन नि । अनि भूपू राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको अभिभावक भैसके पछि पनि राजनीतिमा आउने ? लाजशरम पचेकाहरू । माओवादीमा नैतिकता नै हुदैन जे पनि गर्छन । तर कम्तिमा एमाले र काँग्रेस चाहिँ यस्तो अनैतिक नहुनु । रामवरणले आउने कुरै गरेनन । रामचन्द्र पनि आउँछन जस्तो देखिदैन । यिनै कम्युनिष्ट नामका लोभि , अनैतिक मात्र आउन खोज्छन् । पासाङ आई नै सक्यो । अहिले विद्या आउनलाई खुट्टा उचालेर बसेकी छन् । अलिकति शरम मान न । विद्यालाई सजिलो पारिदिन पासाङ्लाई भित्र्याएको हो प्रचण्डले । अहिले भित्र भित्र विद्या अध्यक्ष भए सबै कम्युनिष्ट मिल्न सकिन्छ भनेर कपटी कुरा गर्दैछन् सकुनिहरू । विद्या यस्तै कुरामा नाच्न थालेकोजस्तो लाग्छ । पार्टी बढाउन हुर्काउन, काम गर्न त्यसमा पनि देशी विदेशी दुष्ट, फटाहाहरूको जालझेल चिर्दै त्यति सजिलो छ ? ओलिले कम्ति जालझेल बेहोरेका छन् ? पार्टी सिध्याउन एमाले आएकाहरूलाई लात हानेर निकाल्न सफल भए ओलि । अहिले पनि ओलिलाई बदनाम गर्ने, पार्टीबाट हटाउन खोज्ने, सरकारमा जानै नदिने अनेक षणयन्त्र भएका छन् । ओलिले बनाएको पार्टीमा म अध्यक्ष हुन्छु भनेर दुईचार जना सन्काहा, पदलोलुपको कुरा सुनेर टिकिन्छ अध्यक्षमा ? ओलिले नै राष्ट्रपतिसम्म बनाईदिएका हुन । क्षमता केही छैन । उनलाई अघि बढाउन खोज्दा कयौं पुराना महिला नेतृले पार्टी छोडे जस्तै उर्मिला अर्याल । एउटा सुप को छ जसले कान्छीलाई न्यायाधिश नबनाईदिएको झोक झिकेर विद्या ठिक भन्दैछ ।अर्को नखाए पनि कोसँग के बोल्ने के नबोल्ने भनेर नजान्दा फसेकोले पनि बोक्दैछ विद्यालाई । विद्या एमालेमा अध्यक्ष हुन्छु भनेर ओैपचारिक रूपमा पसेको दिन जान्नु एमाले सकियो ।त्यसैले एमालेलाई माया गर्नेले अरू जे भने पनि विद्यालाई अध्यक्ष बनिदिनुपर्यो भन्यो भने जान्नु त्यो कसैको पैसा खाएको दलाल हो । र विद्या आउछु भनिन भने उनी आफू त नैतिकहिन भनेर सकिन्छिन पार्टीलाई पनि सक्छिन् ।त्यसैले आगामी केही वर्ष र स्वास्थ्यले साथ दिएसम्म ओलि नै पार्टी अध्यक्ष हुनुपर्छ । अरूले चियाउने होईन ।

    1. samir Avatar
      samir

      काङ्ग्रेस-एमाले-माओवादी फरक नाम!
      देश लूटने यी भ्रष्ट र अपराधीको एउटै काम!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *