कालोमोसो प्रकरणपछि वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशहरूको पीएसओ फेरिए

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा निगरानी बढाइएको छ । विहीबार दिउँसो न्यायाधीश खुशीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै मोसो छ्यापेपछि उत्पन्न सुरक्षाको असहज परिस्थिति कारण देखाउँदै अदालत प्रवेशमा समेत कडाइ गरिएको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार घटनापश्चात् अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) हरू परिवर्तन गरिएका छन् ।

त्यस्तै अदालतको समग्र सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोलीलाई फिर्ता बोलाइएको छ ।

उपरीक्षक लम्सालले फिर्ता बोलाइएका पीएसओको सट्टा नयाँ पीएसओ पठाइएको जानकारी दिँदै अदालतको सुरक्षाका लागि पहिले १० जना प्रहरी खटिएकामा अब १५ जना पठाइएको बताए ।

यो सुरक्षा फेरबदलसँगै अदालत प्रवेशमा विशेष निगरानी बढाइएको छ । अब अदालत पुग्ने सेवाग्राही, सर्वसाधारण र कानून व्यवसायीहरूलाई समेत अदालतको मूल गेटमै राम्रोसँग चेकजाँच गरेर मात्र भित्र प्रवेश दिइएको छ।

Comments

One response to “कालोमोसो प्रकरणपछि वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशहरूको पीएसओ फेरिए”

  1. पवन Avatar
    पवन

    निर्णय हरु पुर्वाग्रही गर्ने न्यायाधीश लाइ जुत्ता कै माला लगाय पनि केही हुदैन। सहि इनसाफ गरेको भए न त कालो मोसो लानु पर्थ्यो न त सुरक्षा बढाउन पर्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *