हबिब बैंक नेपालबाट बाहिरिँदै, बिक्रीमा राख्यो २ करोड ८० लाख कित्ता शेयर 

काठमाडौं । पाकिस्तानको हबिब बैंक नेपालबाट बाहिरिन खोजेको छ । आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा राखेर यो बैंक नेपालबाट बाहिरिन लागेको हो ।

हबिब बैंकले हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता ११२.८० रुपैयाँ मूल्य तोकेर बैंकले ३५ दिन भित्र आवेदन दिन मिल्ने गरि शेयर बिक्रीमा राखेको हो ।

यस शेयर हिमालयन बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।  इच्छुक शेयरधनीले काठमाडौंको कमलादीमा रहेको हेरिटज प्लाजामा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा बैंकको संस्थापक शेयरधनीहरुबाट शेयर बिक्री खरिदका लागि निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *