काठमाडौं । प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित ४जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, कलकत्ता घर भइ हाल काठमाडौं बस्ने ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा,र १६ वर्षीय सामुहिम सेख रहेका छन्।
काठमाडौंको प्युखा कृष्णचोक स्थित हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेका थिए।
सोही सूचनाको आधारमा गत सोमबार साढे ८ बजे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका विल भरपाई बिनाका २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरको रकमका सुन, हिरा तथा पत्थरका गरगहना बरामद गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले जनाकारी दिए।
उनीहरुको साथबाट नेक्लेस लकेट ट्याग जडित तौल गर्दा ३२८ ग्राम २३ मिलीग्राम, जेन्स रिङ १० पिस तौल गर्दा ५० ग्राम ६१० मिलीग्राम , लेडिज रिङ १२ पिस ट्याग सहित तौल गर्दा ५६ ग्राम ६४० मिलीग्राम , लकेट १४ पिस ट्याग सहित तौल गर्दा ३७ ग्राम ११० मिलीग्राम, कानको टप ४० पिस ट्याग सहित तौल गर्दा ८१ ग्राम ६९० मिलीग्राम , लेडिज रिङ १६ पिस ट्याग सहित तौल गर्दा ४८ ग्राम ५८० मिलीग्राम , लेडिज रिङ २० पसि ट्याग सहित तौल गर्दा ९६ ग्राम ९०० मिलीग्राम , लेडिज रिङ २० पिस ट्याग सहित तौल गर्दा ९५ ग्राम ९५० मिलीग्राम, खुकुरी ट्याग सहित तौल गर्दा ५ ग्राम ९० मिलीग्राम , ब्रासलेट ३ पिस ट्याग सहित तौल गर्दा १७ ग्राम ९०० मिलीग्राम ,कानको बालि ६ पिस ट्याग सहित तौल गर्दा १० ग्राम ७९० मिलीग्राम ,टप ४ पिस ट्याग सहित तौल गर्दा ३ ग्राम ७८० मिलीग्राम ,लेडडिज औँठी १ पिस ट्याग सहित तौल गर्दा ४ ग्राम ७६० मिलीग्राम, लकेट १ पिस ट्याग सहित तौल गर्दा १ ग्राम १५० मिलीग्राम लगायतका सामानहरु बरामद भएकाे छ ।



Leave a Reply