काठमाडाैं । गत साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘हाउसफुल ५’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । स्याकनिल्कका अनुसार चार दिनमै चलचित्रले भारतमा सय करोडको आँकडा पार गरिसकेको छ ।
६९ अर्ब पाउन्डका मालिक रन्जित दाबरियाको लक्जरी जहाजमा मृत्यु हुन्छ । उनले आफ्नो सम्पत्तिको मालिक आफ्नै बच्चा जोली भएको बताएका हुन्छन् । अनि को हुन् त ६९ अर्ब पाउण्डको असली हकदार जोली ?
चलचित्रमा रितेश देशमुख, अभिषेक बच्चन र अक्षयकुमार सबै जोली हुन् । यी सम्पत्ति हत्याउन खोज्ने नक्कली जोलीहरुले नै चलचित्रको कथालाई अगाडि बढाएका छन् । सँगै ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाकरी, संजय दत्त, ज्याकी श्राफ, नाना पाटेकर लगायत दर्जनौं परिचित कलाकारहरु छन् ।
मल्टीस्टारर ‘हाउसफुल ५’ले बक्सअफिसमा राम्रो कमाइ गरिरहे पनि यो चलचित्र चोरचार गरेर बनाइएको भन्दै आलोचना भइरहेको छ । कतिसम्म भने ‘हाउसफुल’कै पहिलो फ्रेन्चाइजको दृश्यसम्म कपी गरिएको छ । हलिउडदेखि फ्रेन्च चलचित्रका दृश्य मात्रै होइन, सट बाइ सट कपी गरिएको छ । निर्देशक तरुन मन्सुखानी यतिमै रोकिएका छैनन्, उनले युट्युब, इन्स्टाग्राम र टिकटकका भिडियोका दृश्यसम्म कपी गरेका छन् ।
के-के कपी गरेको छ त ? आउनुहोस् यसमा कपी गरिएका दृश्यबारे चर्चा गरौं:
अर्बपति व्यापारीको रहस्यमय तरीकाले हत्या भएपछि उसको हकवाला भनेर दाबी गर्नेमध्ये एक अभिषेक बच्चनमाथि प्रहरी अनुसन्धान सुरु हुन्छ । सोधपुछका लागि अभिषेकलाई बोलाइँदा साइडको टिभीमा हत्याराबारे समाचार आइरहेको हुन्छ । जसमा हत्याराको स्केच र अभिषेकको अनुहार मिल्छ । तर, स्केचमा जुँघा नभएको र आफ्नो जुँघा भएको अभिषेकले प्रहरीलाई बताउँछ ।
यो दृश्य कपी गरिएको हो अमेरिकन युट्युबर अनवार जिवाबीको एक युट्युब भिडियोबाट । आठ वर्षअघिको उक्त भिडियोको सट बाइ सट पूर्णरुपमा कपी गरिएको छ । फरक यति मात्रै छ कि ‘हाउसफुल ५’को भिडियोको स्केचमा दाह्रीजुँघा हुँदैन, अनवारको युट्युब भिडियोमा जुँघा हुन्छ । अनवरले स्केचमा जुँघा भएको र आफ्नो भने जुँघा नभएको बताउँछ । यता अभिषेकले स्केचमा जुँघा नभएको र आफ्नो जुँघा भएको बताउँछ ।
चलचित्रको यही दृश्यमा टिभी समाचारमा हत्याराको उचाइ पाँच फिट ३ इन्च भएको बताइन्छ । तर, अभिषेकले आफ्नो उचाइ ६ फिट ३ इन्च भएको बताउँछ । अनवारको भिडियोमा टिभीमा हत्याराको उचाइ ६ फिट ४ इन्च भएको बताइन्छ । अनवारले भने आफ्नो उचाइ ५ फिट ४ इन्च मात्रै भएको बताउँछ ।

अर्बपतिको छोरा दाबी गर्ने रितेशलाई पनि सोधपुछका लागि बोलाइन्छ । रितेशले आफूलाई मुसलमान बताएको हुन्छ । सोधपुछका क्रममा दबाब महसुस भएपछि उसले अचानक ‘हे भगवान’ भन्छ । यसपछि पोल खुल्ने भयले ऊ नर्भस हुन्छ । र अनुहारभरि तरर पसिना आउँछ । पसिनाको यो दृश्य पनि युट्युबर की एण्ड पीलेको एक युट्युब भिडियोबाट डिट्टु कपी गरिएको छ ।
की एण्ड पीलेको अर्काे पुरानो युट्युब भिडियो पनि डिट्टु कपी गरिएको छ । प्रहरीको भूमिकामा रहेका संजय दत्त र ज्याकी श्राफले सम्भावित हत्यारा ठानेर अक्षयसँग सोधपुछ गर्छन् । अक्षयले प्रहरीको प्रश्नको जवाफ पछाडि भित्तामा टाँसिएको पोस्टरको अक्षर कपी गरेर दिन्छ । पछि अक्षयले थाहा पाउँछ कि उसलाई पनि संजय र ज्याकीले भित्ताको पोस्टर कपी गरेरै प्रश्न सोधिरहेका हुन्छन् । यो दृश्य पनि की एण्ड पीलेको युट्युब भिडियोको दुरुस्त कपी हो ।

यही दृश्यमा अक्षयले पछाडिको पोस्टर पढेर जवाफ दिएको दृश्य अर्को चलचित्र ‘द डिक्टेटर’ ९सन् २०१२०को एक दृश्यको समेत कपी गरेको आरोप लागेको छ । ‘द डिक्टेटर’मा प्रमुख पात्र अलाद्दीनलाई नाम सोध्दा पछाडिको पोस्टर पढेर ‘लेडिज वासरुम’ बताउँछ ।
अभिषेक जहाँ पायो त्यही सुत्दिन्छन्, उनलाई नार्कोलेप्सी नामक बिरामी हुन्छ । सन् २०१९ मा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘मर्डर मिस्ट्री’मा अड्री नामक पात्रको श्रीमान्लाई यस्तै बिरामी हुन्छ । उस्तै बिरामी हुनुलाई कपी गरेकै मान्न सकिएन । तर, ‘मर्डर मिस्ट्री’मा पनि पात्रहरु जहाजमा जान्छन् । त्यहाँ पनि हत्या हुन्छ ।

‘हाउसफुल ५’ जोनी लिबर प्रहरी बनेर आए जसरी जसरी ६ वर्षअघिको ‘मर्डर मिस्ट्री’मा पनि एक अफिसर आउँछ । ‘हाउसफुल ५’मा सिरियस अनुसन्धान अफिसरको रुपमा नाना पाटेर आउँछ भने ‘मर्डर मिस्ट्री’मा यसैगरी अफिसर आउँछ ।
‘मर्डर मिस्ट्री’को अफिसरले चुरोटको धुवाँ गोलो गोलो बनाएर फाल्छ, ‘हाउसफुल ५’मा नाना पाटेकरले पनि त्यसरी नै गोलो धुवाँको कपी समेत गर्छ ।
‘हाउसफुल ५’ले दृश्य मात्रै होइन, स्टोरीलाइन नै कपी गरेको छ । गल गडोट स्टार हलिउड चलचित्र ‘डेथ अन द नाइल’ ९सन् २०२२०को कथामा पनि एक क्रु्ज छ । त्यहाँ पनि धनी मान्छे हुन्छन् । त्यहाँ पनि हत्या हुन्छ ।
संजय दत्त र ज्याकी श्राफको एक दृश्य १५ वर्षअघिको हलिउड चलचित्र ‘द अदर गाइज’बाट कपी गरिएको छ । ‘हाउसफुल ५’को एक दृश्यमा संजयमा संजय गुडिरहेको कारको छतमा अड्किन्छ । उसलाई बचाउन पछाडिबाट ज्याकी आउँछ ।
‘द अदर गाइज’मा पनि गुडिरहेको कारको छतमा अड्किएका द रकलाई बचाउन स्यामुएल ज्याक्सन आइपुग्छ । यहाँ पनि फ्रेम बाइ फ्रेम कपी गरिएको मात्रै छैन, धुवाँदार गाडीका स्टन्टहरु समेत कपी गरिएको छ ।

चलचित्रमा ‘हाउसफुल १’ कै दृश्य समेत बाँकी राखिएको छैन । पहिलो हाउसफुलमा अक्षयले बाँदरसँग पाmइट गरेको दृश्य छ । यही दृश्यलाई पाँचमा दोहोर्याएको छ । दुःखलाग्दो कुरा के हो भने यो दृश्य पनि सन् २००६ मा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘नाइट एट द म्युजियम’को कपी हो ।
चलचित्रमा फ्रेन्च फिल्मलाई समेत छाडिएको छैन । सन् २०१९ मा प्रदर्शनमा आएको चलचित्र ‘निकी लार्सन’मा एक दृश्य छ, जहाँ एक पात्रले पेस्तोल तेर्साउँदा एयरहोस्टेसले हात उठाउँछे । उसले हात उठाएसँगै उसको स्कर्ट पनि कम्मरबाट माथि उठ्छ ।
‘हाउसफुल ५’मा अक्षयले बन्दुक उठाउँदा महिला वकिल पात्रले हात उठाउँछे । उसले हात उठाउँदा उसको स्कर्ट पनि ‘निकी लार्सन’ चलचित्रमा जसरी नै उठ्छ ।
चलचित्रमा फ्रेम बाइ फ्रेम मात्रै कपी गरिएको छैन । संगीत पनि कपी गरिएको छ । ‘लालपरी’ गीतको डान्स स्टेप त इन्स्टाग्राम भिडियोबाट कपी गरिएको छ । इन्स्टाग्रम प्रयोगकर्ता सन्दीप ब्रहमीनको डान्स स्टेप कपी गरिएपछि उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘न क्रेडिट दिइएको छ, न कपी भनेर भनिएको छ । हाउसफुलमा मलाई नसोधी मेरो डान्स स्टेप किन राखियो, अचम्म लागेको छ ।’
चलचित्रमा ठूलो फ्यान खुलेपछि सबै पात्रहरु फ्यानको हावामा उड्छन् । यो दृश्य पनि ज्याकी च्याङको सन् १९९१ को चलचित्र ‘अर्मर अफ गड २’बाट कपी गरिएको छ । व्यापारीको हत्याराको मास्क पनि कोरियन सिरिज ‘स्क्वीड गेम’बाट कपी गरिएको छ ।
सबैतिरबाट चोरचार पारिएको आरोप लागे पनि चलचित्रको निर्माण टीमबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

Leave a Reply