मेरो वकिलले हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको छ: माधव नेपाल

काठमाडौ‌ं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारे ।

पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त प्रकरणबारे गहन अनुसन्धान आवश्यक रहेको बताए।

कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको जानकारी दिँदै उनले भने, ‘अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ । तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानुनी उपचार हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्ना कानुनविद्ले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको जानकारी दिए ।

पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले लोकतन्त्र र संविधानको रक्षा तथा देश र जनताको हितका पक्षमा स्थापना गरिएको पार्टी सुशासन कायम गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गरे।

बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी सचिव सावित्रा भुसालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएको पार्टीको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू पार्टीलाई कमजोर बनाउन लागेका आरोप लगाए।

 

Comments

2 responses to “मेरो वकिलले हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको छ: माधव नेपाल”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यसलाइ चाही थुनामा राख्न नपर्ने हो र!! साधारण जनतालाइ त हतकडी लगाएर राखिन्छ त थुनामा प्रमाण नष्ट गर्ने डरले ।

  2. samir Avatar
    samir

    यो माकुने जस्तो फटाहा, निकृस्ट, भ्रष्ट कोहि छैन । फ्री भिसाको लोभमा पारेर भोट माग्ने यो खाते चोर नेपाललाई आजिवन जेलमा कोछे हुन्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *