काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएकाे हाे ।
विपक्षी दलका सांसदहरुले संसद सुरु हुने वितिकै उठेर हाेहल्ला गरेर संसद अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएका थियाे लगत्तै उनले बैठक स्थगित गरेका हुन् ।
त्यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे बसेकाे थियाे।
अर्को बैठक भोलि दिउँसो २ बजे बस्नेछ ।

Leave a Reply