अपाङ्गता भएका किशाेरीलाई यसरी सिकाउनुस् महिनावारी प्याड लगाउन (भिडिओ)

चितवन । किशोरावस्थामा प्रवेश गरेसँगै महिलाहरुको महिनावारी चक्र सुरु हुन्छ । पछिल्लो समय त बालिकाहरु १०/११ वर्षकै उमेरमा महिनावारीको चक्र सुरु हुन थालेको पाइन्छ । भर्खरै हुर्किदै गरेका बालिकाहरुलाई महिनावारी भएसँगै व्यक्तिगत सरसफाइ, महिनावारी प्याड प्रयोगको विषयमा सिकाउनुपर्ने हुन्छ । कतिपय परिवार, विद्यालयमा सिकेर पनि उनीहरुले जानेका हुन्छन् ।

तर, शारीरिक तथा बौद्धिक रुपमा अपाङ्गता भएका बालिकाहरुलाई भने महिनावारी भनेको कस्तो अवस्था हो ? महिनावारीमा कसरी शरीरको सफाइ गर्ने सिकाउन अझै पनि निकै मुस्किल हुने गरेको यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुको अनुभव छ ।

महिनावारी हुँदा सरसफाइ गर्न नजान्ने, परिवारलाई गाह्रो हुने लगायतका सामाजिक कारणले अपाङ्गता भएका बालिकाहरुलाई पिल्स लगायतका महिनावारी रोक्ने औषधि परिवारकै सदस्यहरुले खुवाइदिने गरेका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् ।

तर, चितवनको एक अपाङ्गता भएका बालबालिकालाई अध्ययन गराउने विद्यालय मातहत सञ्चालित स्रोत कक्षाका शिक्षकले भने फरक तरिकाले महिनावारी भएका बालिकाहरुलाई प्याड प्रयोग र सफाइमा सिकाउँदै आएकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आदर्श माध्यामिक विद्यालयमा रहेको मस्तिष्क पक्षघात स्रोत कक्षाकी शिक्षक हरिकला भुसालले महिनावारी हुँदा बगेको रगत व्यवस्थापन गर्न पेन्टी (कट्टु) लगाउन सिकाउने, प्याड भनेको के हो कसरी प्रयोग गर्ने भन्ने सिकाउने । पेन्टीमा कसरी प्याड राख्ने सिकाउने र रगत लागेको प्याडलाई फोहोर राख्ने भाँडोमा हाल्नुअघि कसरी पट्याउने भन्ने समेत सिकाउने गरि भित्तामा वास्तविक सामग्री राखेर सिकाउने अभ्यास गरेकी छन् ।

शिक्षक भुसालका अनुसार उनले सिकाउन राखिएका सामग्री देख्न सक्ने बालिका, दृष्टिविहीन बालिका तथा बोल्न नसक्ने तर हेरेर पनि सिक्ने बालिकाका लागि पनि उपयोगी छन् । ‘हामीले पेन्टी लगाउनुपर्छ भनेर मात्रै उनीहरुले बुझ्दैनन्’, स्रोत कक्षा शिक्षक भुसाल भन्छिन्, ‘उनीहरुलाई महिनावारी बुझाउँदै रगत सम्हाल्न लगाउने सामग्रीहरुको धारणा र उपयोग विधि पनि सिकाउनुपर्छ ।

उनले पढ्न नसक्ने दृष्टिविहीन बालिकाले छामेर र ब्रेल लिपीमा पनि पढ्न सक्नेगरि भित्तामा टाँसेर महिनावारी रगत व्यवस्थापनको तरिका सिकाएकी छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *