काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहम्मद एलजीबालीले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र इजिप्टबीच रहेको द्वीपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालय प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
उनलाई राष्ट्रपति पौडेलले राजदूत नोहाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद पनि दिएका थिए ।

Leave a Reply