तुलसीपुरको बखरिया दुर्घटना अपडेट : दुई जनाको मृत्यु

दाङ । तुलसीपुरको बखरियामा भएको बस दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

दंगीशरण २ की अन्दाजी ४२ वर्षीया शान्ता खड्का चौधरी र वडा नम्बर ४ का ६० वर्षीय नारायण भण्डारीको उपचारका क्रममा मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको छ ।

दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको थियो । अन्य घाइतेहरूको उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *