लोकप्रिय पार्टी भएकाले एमालेलाई आँखाको तारो बनाए: महासचिव पोखरेल

चितवन । नेकपा एमाले चितवन ११औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न भएको छ । भरतपुरमा आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समीक्षा गर्दै मिशन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिए ।

पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन उनले प्रतिनिधि परिषद्का सदस्यहरुलाई आग्रह गरे । पार्टी र नेतृत्वप्रति घेराबन्दी भइरहेको बताउँदै महासचिव पोखरेलले एकताबद्ध भएर त्यसको प्रतिवादमा लाग्नुपर्ने बताए ।

उनले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताए । वामपन्थी जनमत एमालेमा भएको कारण पार्टीमाथि आक्रमण भइरहेको महासचिव पोखरेलले बताए ।

जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमालेमाथि आक्रमण गरिहेको उनको भनाइ छ ।

‘नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्छ र जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी छ’, महासचिव पोखरेल भने, ‘सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको छ ।’

बजेटका बारेमा बोल्दै उनले बजेट लोकप्रियभन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताए । उनले देशमा विकासको मूल फुटाउने पार्टी एमाले भएकोसमेत बताए ।

बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments

2 responses to “लोकप्रिय पार्टी भएकाले एमालेलाई आँखाको तारो बनाए: महासचिव पोखरेल”

  1. ksp pyl Avatar
    ksp pyl

    दलालहरूले तारो बनाउन खोजेका हुन् । तर जनताले दलालहरूलाई सखाप पार्नेछन् ।

  2. Sagar kandel Avatar
    Sagar kandel

    चितवन, भरतपुर — नेकपा एमालेको ११औं जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न प्रथम प्रतिनिधि परिषद् बैठकका विषयमा समग्रतामा हेर्दा, यसले अपेक्षित गहिराइको आत्मसमीक्षा र नीतिगत स्पष्टता प्रदान गर्न सकेको देखिँदैन। महासचिव शंकर पोखरेलको सम्बोधन पनि परम्परागत दोषारोपण, रक्षात्मक अभिव्यक्तिमा सीमित रहेको छ।

    पार्टीमाथि हुने आलोचनालाई ‘आक्रमण’ भनेर सम्बोधन गर्नुको सट्टा, नेतृत्वले आफ्नो रणनीतिक असफलता र जनभावनासँग टाढिएको अवस्थाको विश्लेषण गर्न आवश्यक थियो। “एमालेमाथि घेराबन्दी भइरहेको” भन्ने अभिव्यक्ति दोष बाहिर खोज्ने प्रवृत्तिको संकेत हो — जब कि वास्तविक कारण आन्तरिक कमजोरी, नेतृत्वमा पारदर्शिता र जवाफदेहिताको अभाव नै हो।

    जातीय राज्य वा एक मधेश एक प्रदेशको कुरा उठाएर डर सिर्जना गर्ने रणनीति पनि अब पुरानो भइसक्यो। जनताले अब विकासको ठोस परिणाम हेर्न चाहन्छन्, भावनात्मक उत्तेजना होइन। ‘जहाँ कमजोर त्यहीँबाट संगठन सुरु गर्नुपर्छ’ भन्ने भनाइ सही हो, तर समस्या नेतृत्व नै हो भने त्यही नेतृत्वले सुधारको नेतृत्व कसरी गर्ने?

    बजेट सम्बन्धी टिप्पणी पनि स्पष्ट र प्रमाणसहितको विश्लेषणभन्दा प्रचारमुखी भयो। बजेट विकासमुखी हो कि होइन भन्ने कुरा तथ्यले प्रमाणित हुनुपर्छ — केवल भाषणले होइन।

    अन्त्यमा, पार्टीलाई सुधार र जनभावनासँग जोड्न चाहने हो भने, यस्तो बैठक केवल औपचारिकतामा सीमित नभई व्यवहारिक योजनासहितको परिवर्तनको रोडम्याप प्रस्तुत गर्ने थलो हुनुपर्थ्यो — जुन यसपटक देखिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *