काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । संशोधित कार्यातालिका अनुसार शुक्रबा बिहान ८ बजे उम्मेदवारी दरखास्त आव्हान गरिने र सवा ८ देखि साढे ९ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जनाएको हो । यस अघिको निर्वाचन कार्यतालिका अनुसार बिहीबार मध्यान १२ बजेदेखि साढे १२ बजेसम्म मनोनयन पत्र दर्ताको समय तोकिएको थियो ।
संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन सूची प्रकाशन र दावी विरोधको सूचना आव्हान शुक्रबार बिहान ९ः४५ बजे तोकिएको छ भने उम्ेदवारको बिरोधमा उजुरी दर्ताको समय ९ः४५ देखि सवा १० बजेसम्म तोकिएको प्रमुख निर्वाचन अधिकृत डा.जगतकृष्ण पोखरेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना साढे १० बजे, उजुरीमाथी छानविन र निर्णय १०ः४५ बजे तथा उम्मेदवारको पुन नामावली प्रकाशन बिहान ११ बजे हुने कार्यतालिका छ ।
यस्तै उम्मेदवारको नाम फिर्ता लिने समय शुक्रबार बिहान ११ बजेदेखि १२ः१० सम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो १२ः२० मा हुनेछ । मतदाता भने तत्कालिन कार्यतालिका अनुसार शुक्रबार हुने जनाइएको छ ।
यसैविच मतदाताको अन्तिम नामावली पनि प्रकाशन भएको छ । प्रकाशित अन्तिम नामावली अनुसार मतदाताको संख्या १ हजार ५७५ रहेका छन् । यस अघि प्रकाशित मतदाताको प्रारम्भिक सूचीमा १ हजार ५५२ मतदाता थिए । अन्तिम नामावली प्रकाशन हुदाँ २३ मतदाता थपिएका छन् ।


Leave a Reply