काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले माधव नेपालको अभिव्यक्तिको खण्डन गरेका छन् ।
माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएपछि बर्तौलाले खण्डन गरे ।
उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरू केही नभएपछि लगाइएको आरोप हो । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त हुँदैन ।’
उनले आलोचनापूर्ण र प्रतिशोध राखेर अभिव्यक्ति नदिन नेकपा एसका नेताहरूलाई सुझाव दिए ।

Leave a Reply