होटलभित्र झुण्डिए युवक, बुवाआमा बसेका थिए अर्को कोठामा

काठमाडौं । विदेशबाट आएका बुबालाई स्वागत गरेपछि एक युवकले बसेकै होटलमा आत्महत्या गरेका छन् ।

गौशाला, पिंगलास्थानस्थित होटल प्राइम सुइटमा नवलपरासी, पालिन्दन गाउँपालिका- ६ का हुने २४ वर्षीय निराजन चौधरीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार मलेसियाबाट हिजो फर्किएका बुबा वीरेन्द्र चौधरीलाई स्वागत गरेपछि उनी उक्त होटलको कोठा नम्बर ४०३ मा बसेका थिए ।

बुबाआमाचाहीँ ४०६ नम्बरमा थिए । बिहीबार बिहान ढिलोसम्म कोठा नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका हुन् ।

उनी होटलको बेड सजाउन राखिने कपडाको टुक्राले घाँटीमा पासो लगाई पङ्खामा झुन्डिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *