पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
जनतामा रहेको निराशालाई अन्त्य गर्न एमाले र कांग्रेसबिचको सहमतिअनुरुप साझा संकल्प तथा नीतिगत प्रतिवद्धताको आलोकमा यो नीति तथा कार्यक्रम ल्याइएको प्रदेश प्रमुख भट्टले बताए ।
नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमती पत्रको छपाई तथा वितरण कार्य प्रदेशबाटै सुरुआत गर्ने प्रदेश सरकारको तयारी छ । यस्तै एक महिनालाई लागि स्थगित गरेको राइड शेयरिङलाई आगामी आर्थिक वर्षमा प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने गरी प्रदेश सरकार अगाडि बढेको छ ।
रुग्ण र समस्याग्रस्त आयोजनाको विद्यमान अवस्था र भावी कार्यदिशा अध्ययन प्रतिवेदनको सुझावअुनसार प्राथमिकतामा राखेर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
इन्भेष्ट गण्डकी कार्यक्रममार्फत आन्तरिक र बाह्य लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्ने प्रदेश सरकारको योजना छ ।
प्रदेश सरकारले मध्यपहाडी लोकमार्ग केन्द्रीत कृषि तथा पशुजन्य उत्पादनमा आधारित औद्योगिक विकास कार्यक्रमलाई सञ्चालन गर्ने नीति ल्याएको छ । यस्तै युवा तथा विद्यार्थीलाई माटोसँग साक्षात्कार एवम् व्यवसायिक कृषि पेसालाई आकर्षित गर्न प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गर्नेछ ।
प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको वनस्पतिक पर्यटकीय पार्क निर्माण कार्य सुरुआत गर्ने प्रदेश सरकारले जनाएको छ ।
यस्तै पर्यटकीय राजधानी पोखराको ब्राण्डिङका लागि पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यु फेवा जस्ता कार्यक्रम सञ्चाजन गर्ने प्रदेश सरकारको तयारी छ ।
घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनका लागि ऐन जारी गरी कार्यान्वयन गर्ने र औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थका रुपमा उत्पादन प्रयोजनार्थ गाँजा खेती गर्न कानुन निर्माण गर्ने प्रदेश प्रमुख भट्टले बताए । नेपाली भाषाका अतिरित्त गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन कानुनी प्रबन्ध मिलाइनेसमेत उनले सुनाए ।
संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय खेलकुद रंगशालाको निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा नेपाल सरकार, प्रदेश सरकार र सुरक्षा निकायसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षा व्यवस्था मजबुत बनाउने प्रदेश सरकारको तयारी छ ।
पूर्णपाठ:

Leave a Reply