सिद्धार्थ बैंकका ग्राहकलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड ९दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर० का प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं) का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

फोनः ०१ – ५९७००२०
ईमेलः customercare@sbl.com.np

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *