भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ छाड्दैनौँ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ नछाड्ने बताएका छन् ।

काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए ।

दाहालले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्‍याउने हाम्रो कोसिस भइरहेको छ । आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ ।’

उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भएको बताए ।

उनले भने, ‘हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौँ । तर, राजावादीको वितण्डा जसरी देखियो त्यसको बारेमा युवा र विद्यार्थीहरूलाई भनेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण भनेका छौँ । यदि राजावादीहरू हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुस् भनेका छौँ । गाउँ-गाउँमा टोल टोलमा । उनीहरूको कुतर्कको सही जवाफ दिएर पर्दाफास गर्नुपर्छ ।’

Comments

One response to “भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्‍याइ छाड्दैनौँ : प्रचण्ड (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    १७ हज्जारे, डाँका ज्यानमारा, न्याय हराएको देशमा।यसको भलो कहिले हुने छैन। येसले मारेका मान्छेहरुको रगतले यो सजिलै मर्न पनि पाउने छैन।हे भगवान यसलाई नरकमा पनि बास नदेउ, नेपाल बाट चाँडै लैजाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *