छानबिनको टीओआरसहित आए गृहमन्त्रीलाई बोल्न दिन्छौं भन्दा सत्तापक्ष तयार भएन : सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले सदन खोल्न विपक्षीहरू लचिलो बनेपनि सरकारले अनिच्छा देखाएको आरोप लगाएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मानव तस्करीसँग जोडिएको यो घटनामा उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति गठन गरेर पत्ता लगाउनुपर्छ । त्यो आवश्यक नै छ । सबै दलको तर्फबाट बोल्ने त्यसपछि गृहमन्त्रीले पनि बोल्ने र त्यसअघि सरकारको तर्फबाट न्यायिक होस् वा संसदीय छानबिन समितिको टीओआरसहित आएपछि सदनको अवरोध हटाउने हामीबीच सहमति थियो । तर, सत्तापक्ष तयार भएको छैन ।’

उनले सदन खोल्न सत्तापक्ष नै तयार नभएको आरोप लगाए । अध्यागमनबाट लामो समयदेखि मानव तस्करी भइरहेकाले विगतको सम्म छानबिन गर्नको लागि आफूहरूले छानबिनको कुरा उठाएको दाहालको भनाइ छ ।

Comments

One response to “छानबिनको टीओआरसहित आए गृहमन्त्रीलाई बोल्न दिन्छौं भन्दा सत्तापक्ष तयार भएन : सांसद दाहाल (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    यो अर्को स्याल, हुइयाँ गर्न थाल्यो किनकी यस्को जननी १७ हज्जारे अझै नेपालको बोझ भएर लाछी नेपालिहरुको अगाडि नेपालिहरुको रगत र मासु खाएर निर्लज्ज चाहारी रहेको छ, नेपाल भन्ने जमिनमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *