यी हुन् गंगानारायणको नेतृत्वमा नेसपाबाट माओवादीमा आएर केन्द्रीय सदस्य बनेका १६ जना

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) बाट गंगानारायण श्रेष्ठको नेतृत्वमा माओवादी भित्रिएका १६ जनालाई केन्द्रीय सदस्य बनाएको छ।

अध्यक्ष महेन्द्रराय यादवलाई छाडेर श्रेष्ठ नेतृत्वको यही १२ गते माओवादीमा समाहित भएका थिए। माओवादीमा समाहित भएकै दिन श्रेष्ठलाई सचिव मनोनीत गरिएको थियो।

त्यसपछि श्रेष्ठ पनि सम्मिलित पदाधिकारी बैठकले नेसपाबाट आएका १४ जनालाई केन्द्रीय र दुई जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। थप वैकल्पिक केन्द्रीय सदस्यहरूको बारेमा चाँडै निर्णय हुने श्रेष्ठले बताए।

केन्द्रीय सदस्य बनेकाहरू

(१) बन्दना सुवेदी (सिन्धुली)
(२) सुरद बहादुर स्याङ्तान (सिन्धुली)
(३) अक्कल बहादुर थिङ (काभ्रे)
(४) राजेन्द्र कुमार किराती (संखुवासभा)
(५) खुम्बराज खत्री (उदयपुर)
(६) दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा)
(७) ज्ञानेन्द्र कुमाल (गोरखा)
(८) रमेश पोखरेल (गोरखा)
(९) शिव सुन्दर शाही (अछाम)
(१०) रामकैलाश यादव (सर्लाही)
(११) वेदप्रसाद आचार्य (बाँके)
(१२) नरेन्द्रनाथ योगी (जुम्ला)
(१३) महेन्द्र बहादुर शाही (बाजुरा)

(१४) सोविन थिङ (मकवानपुर)
(१५) होम कुमारी दोङ (काभ्रे) वैकल्पिक केन्द्रीय सदस्य

(१६) नहेन्द्र प्रधान (दोलखा) वैकल्पिक केन्द्रीय सदस्य

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *