काठमाडौं । दिवंगत राजपरिवारको दीप प्रज्ज्वलन कार्यक्रममा अनुमानित भन्दा ठूलो भीड जम्मा भएपछि कमलादीको सुरक्षा अवस्था संवेदनशील बनेको छ । नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको भेला चलिरहेको हुँदा पनि सुरक्षा चुनौति उत्पन्न भएको हो ।
पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र दीप प्रज्ववलनका लागि आउँदा प्रहरीले कुनै पनि सुरक्षा दिएन । भीड छिचोलेर उनीहरुलाई मन्दिरमा प्रवेश गराउन स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।
यता प्रज्ञा भवनबाट वाइसीएलका कार्यकर्ताहरु पनि बाहिर निस्किएपछि उनीहरु र राजावादीबीच झडपको सम्भावना बढेको थियो । वाइसीएलका कार्यकर्ताले राजपरिवारविरुद्ध नारावाजी गरेपछि राजावादीहरु पनि आक्रोशित भएका थिए । त्यसपछि भने प्रहरीले हस्तक्षेप गरेको छ । अहिले बाक्लो संख्यामा प्रहरी परिचालित भएका छन् ।
हिमानी र हृदयन्द्र भने मन्दिरभित्र पूजा अर्चना गरिरहेका छन् ।
भिडिओ



Leave a Reply