डोटीमा जीप दुर्घटना हुँदा १काे मृत्यु, ८ जना घाइते

डोटी ।डोटीमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको के.आई.सिंह गाउँपालिका -५, केदार गाउँस्थित दिपायल बोगटान सडक खण्डमा दुर्घटना हुदाँ बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिन बहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते बमलाइ उपचारको लागि शैलेश्वरी अस्पताल पुर्याइएको थियो। उनलाई चिकित्सक चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।‌

कैलालीको धनगढी उपमहानगरपालिका- १८ फुलबारीका हरिचन्द्र चौधरीले चलाएको सु।प।प्र। ०१ ००१ ज १४६४ नं। को बोलेरो जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप मोडमा अनियन्त्रित भई सडकबाट अं १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *