सभामुखले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् ।

सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *