काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गर्ने निष्कर्षमा तीनैवटा सीडीओहरु पुगेका छन् ।
मंगलबार बसेको उपत्यकाका तीनैवटा सीडीओहरुको भर्चुअल बैठकले तरकारी र खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म मात्र खुल्न दिने निर्णय गरेको हो ।
पसलहरुबाट भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासनहरुले पसल खुल्ने अवधि घटाएका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सामाजिक दूरी कायम गर्दै पसल ९ बजेसम्म खुलाउन अनुमति दिने बताए ।
प्रशासनका यी निर्णय १४ गतेदेखि कार्यान्वयनमा जनाइएको छ ।




Leave a Reply