कोशी टप्पुदेखि सगरमाथा र केचनादेखि ताप्लेजुङसँगसम्म पदमार्ग विकास गरिने

विराटनगर । सरकारले कोशी टप्पु देखि सगरमाथा सम्म पदमार्गको विकास गर्ने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने उल्लेख गरेको छ ।

सरकारले कोशी प्रदेशमा पर्यटन प्रवर्द्धन तथा विकासको लागि कोशीटप्पुदेखि सगरमाथासम्मको पदमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने गरि बजेट निनियोजन गरेको हो । यस्तनै सरकारले केचना–पाथीभरा पदमार्ग सञ्चालन भएको छ ।

बजेट नीति तथा कार्यक्रममा कोशीमा र्‍याफ्टिङ लगायतको पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखिने बजेटमा उल्लेख गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट निती तथा कार्यक्रम सार्वजनिक गर्दै झापाको भद्रापुरमा रहेको विमानस्थलको क्षमता विकास तथा विस्तार गरिने उल्लेख गरिएको छ। यस्तै उदयपुरमा बनाइने भनिएको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *